कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

अमृत अधिकारीको 'कमब्याक' : 'दाइको ससुराली गाउँ'को २० वर्षपछि 'मनको शान्ति'

भाद्र २८, २०८१
अमृत अधिकारीको 'कमब्याक' : 'दाइको ससुराली गाउँ'को २० वर्षपछि 'मनको शान्ति'

काठमाडौँ — लोकदोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष सञ्चारकर्मी अमृत अधिकारीले सामाजिक पीर वेदना समेटिएको 'मनको शान्ति' बोलको गीत बजारमा ल्याएका छन् । 

झन्डै २ दशकअघि 'दाइको ससुराली गाउँ' बोलको चर्चित गीत ल्याएका अधिकारीले यतिबेला गायक रामचन्द्र चन्दसँगको सहकार्यमा सामाजिक घटना तथा परिघटना समेटेर तयार पारिएको 'मनको शान्ति' सार्वजनिक गरेका हुन् ।

गीतमा दैनिक जीवनयापनका क्रममा मनमा उत्पन्न हुने समस्या, तनाव र पीरलाई कसरी शान्ति दिलाउने भन्ने कुरा विशेष रूपमा उठाइएको अधिकारीले बताए । यससँगै गीतमा पछिल्लो समय समाजमा व्याप्त आर्थिक मन्दीको प्रभाव, सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरिदिएपछि पीडित बनेका सर्वसाधारणको वेदनादेखि एकल महिला र वृद्धाश्रममा जान बाध्य वृद्धवृद्धाहरुको समस्यासमेत उठाइएको छ ।

गीतमा ‘धनले किन्न पाउने भा धन हालेर किन्थेँ, शान्ति खोज्दै बुद्ध किन महल छोडी हिन्थे’ जस्ता मार्मिक शब्दहरू समेटिएको छ । गीतमा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, विमल अधिकारी, यशु भट्टराईलगायतको अभिनय रहेको छ ।

गीतमा अधिकारीसँगै शान्तिश्री परियार र रामचन्द्र चन्द तथा सुनिता बुढा क्षत्रीले स्वर रहेको छ भने विक्रम बाबु विश्वकर्माको शब्द र नन्दु परियारको लय छ ।

प्रकाशित : भाद्र २८, २०८१ १३:२६
×