कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मिस्टर एन्ड मिस टिन काभ्रे-२०२४ को उपाधि क्रिस्टल र रिजालाई 

भाद्र २२, २०८१
मिस्टर एन्ड मिस टिन काभ्रे-२०२४ को उपाधि क्रिस्टल र रिजालाई 

काभ्रे — मिस्टर एन्ड मिस टिन काभ्रे-२०२४को उपाधि क्रिस्टल मानन्धर र रिजा मानन्धरले जितेका छन् ।

बिआरएम इभेन्ट म्यानेजमेन्टले काभ्रेको बनेपामा शनिबार आयोजना गरेको प्रतियोगितामा मिस्टर टिन काभ्रेमा क्रिस्टल र मिस टिन काभ्रेमा रिजाले उपाधि हात पारेका हुन् । उनीहरुले ३५ हजार रुपैयाँ नगद, ट्रफ्रीलगायत पुरस्कार जिते ।

त्यस्तै, मिस टिन काभ्रेको फस्ट रनरअपमा अञ्जली राई र सेकेण्ड रनरअपमा क्रिस्टिना मानन्धर भएका छन् । मिस्टर टिन काभ्रेको फस्ट रनरअपमा महेश केसी, सेकेण्ड रनरअपमा विराज रंजितकार र थर्ड रनरअप अदित थापा भएका छन् । उनीहरुले पनि ट्रफी र अन्य पुरस्कारहरु पाए । विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका १४ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

प्रमुख गौतमले यस प्रकारका कार्यक्रमले युवाहरुभित्र रहेको प्रतिभा प्रस्फुटन हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


प्रकाशित : भाद्र २२, २०८१ २२:२४
×