सोमबार आयोजित 'चलो संसद्' मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो।
काठमाडौँ — भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा नीट (NEET) परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा 'कक्रोच जनता पार्टी' (सीजेपी) र विद्यार्थीहरूको प्रदर्शन बुधबार पनि जारी रहेको छ। वर्षाका बाबजुद प्रदर्शनकारीहरू त्रिपाल ओढेर धर्नामा बसेका छन्।
नरेन्द्र मोदी सरकारविरुद्धको यो आन्दोलनप्रति मंगलबार साँझ उद्धव ठाकरे र महुआ मोइत्रासहित विपक्षी दलका नेताहरू प्रदर्शनस्थल पुगेर ऐक्यबद्धता जनाएका थिए। सीजेपीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएको छ।
!['Cockroach Movement' Intensifies in Delhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/cockroach-movement-india-2272026092249-1000x0.png&w=1001&h=0)
!['Cockroach Movement' Intensifies in Delhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/ap26201449245142-2272026092504-1000x0.jpg&w=1001&h=0)