कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पदकधारी युक्रेनीको लामो बाटो

श्रावण २३, २०८१
पदकधारी युक्रेनीको लामो बाटो

सेन्ट डेनिस — पेरिस ओलम्फिकमा जति युक्रेनी खेलाडीले पदक जिते, तिनको घर फर्काइ सजिलो रहने छैन । कीर्तिमानी हाइजम्पका यारोस्लाभा महुचिख र इरायना गेरासचेन्को तथा ह्यामर थ्रोका मखायालो कोखानाले सोमबार ओलम्पिक भिलेज छाडे ।

यसअघि उनीहरूले युद्धग्रस्त आफ्नो देशका लागि ट्र्याक एन्ड फिल्डमा पदक जितेका थिए । महुचिखले स्वर्ण जितिन् भने गेरासचेन्को तथा खोखानले एक–एक कांस्य जिते । तीनै खेलाडी सिधै पेरिसबाट आफ्नो देश पुग्न सक्दैनन् ।

रुसी आक्रमणपछि उनीहरूले आफ्नो देश छाडेका थिए । गेरासचेन्को भने तुरुन्तै घर फर्किन् । अब उनी कसरी आफ्नो त्यही घर फर्किने छिन् त ? उनी पेरिसबाट भिएना जानेछिन् । त्यसपछि अर्को विमान चढेर भिएनाबाट मोल्दोभा जानेछन् । त्यसपछि किभसम्मको बस यात्रा, त्यो पनि १३ देखि १४ घण्टाको । उनी भन्छिन्, ‘यो यात्रा पक्कै सजिलै छैन ।’ अचेल कोही फनि युत्रेनीका लागि केही पनि सजिलो रहेको छैन ।

तर उनीहरूलाई विश्व एथलेटिक्सका अध्यक्ष सेवास्टिन कोले पनि सहयोग गरेका छन् । त्यतिमात्र होइन, यो खेलको सर्वोच्च संघले रुसविरुद्ध आफ्नो कडा नीति कायम राखेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि धावा बोलेको थियो । त्यसलगत्तै संघले रुसलाई कुनै पनि एथलेटिक्सका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिएको थिएन । मीठो संयोग कस्तो भने तिनै अध्यक्ष कोले महुचिख र गेरासचेन्कोको घाँटीमा पदक पहिर्‍याएका थिए ।

महुचिख भन्छिन्, ‘उनले मलाई बधाई दिए र यो काम गाह्रो भएको बताए । तर हामीले कडा मिहिनेतले पदक जित्न सफल रह्यौं ।’ त्यसको एक महिनाअगाडि सेवास्टिन युत्रेन भ्रमणमा पुगेका थिए । उनले युक्रेनका लागि पूरा समर्थन रहेको बताएका थिए । गेरासचेन्को भन्छिन्, ‘उनी त साह्रै बहादुर रहेछन् । नत्र त धेरै जना युक्रेन नै आउन चाहँदैनन् ।’

प्रकाशित : श्रावण २३, २०८१ ०७:२९
×