कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक : महिला सय मिटर दौडको स्वर्ण अल्फ्रेडलाई

श्रावण २०, २०८१
पेरिस ओलम्पिक : महिला सय मिटर दौडको स्वर्ण अल्फ्रेडलाई

काठमाडौँ — सेन्ट लुइसकी जुलियन अल्फ्रेडले शनिबार पेरिस ओलम्पिक २०२४ को महिला सय मिटर दौडको प्रतिष्ठित स्वर्ण जितेकी छिन् । सेन्ट लुइसले ओलम्पिक इतिहासमा जितेको यो नै पहिलो पदक हो ।

स्टाडे डे फ्रान्समा २३ वर्षीय खेलाडीले १०.७२ सेकेन्डमा दौड पूरा गरिन् । विश्व च्याम्पियन अमेरिकी खेलाडी साकारी रिचर्डसन दोस्रो तथा अमेरिकाकै मलेसिया जेफरसन तेस्रो स्थानमा रहे ।

जिम्न्यास्टिकमा अमेरिकाकी सिमोन बायल्सले महिला भल्टमा स्वर्ण जितिन् । यसपल्टको ओलम्पिकमा उनको यो तेस्रो स्वर्ण हो । यस्तै पौडीमा अमेरिकाकी केथी लेडस्कीले आठ सय मिटर फ्रि स्टाइलमा स्वर्ण हात पारिन् ।

उनको यो पेरिस ओलम्पिकमा यो चौथो स्वर्ण हो । पदक तालिकामा चीन र अमेरिका शीर्ष दुई स्थानमा रहे । आयोजक फ्रान्स तेस्रोमा छ ।चीनको १६ स्वर्ण, १२ रजत र नौ कांस्य छ । अमेरिकाको भने १४ स्वर्ण, २४ रजत र २३ कांस्य रहेको छ । यस्तै फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कांस्य जितेको छ

प्रकाशित : श्रावण २०, २०८१ ०६:५३
×