कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दोलखामा वृद्धा मृत फेला

केदार शिवाकोटी

दोलखा — दोलखामा वृद्धा मृत भेटिएकी छन् । कालिञ्चाक गाउँपालिका-६ लापिलाङ पाटागाउँमा एक्लै बस्दै आएकी ७५ वर्षीया पदमकुमारी सुनुवार बिहीबार बिहान घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नजिकै खुकुरी र रगत लतपतिएको अवस्थामा फेला परेकी सुनवारको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×