कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

दोलखा — भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

यसअघि श्रावण ५ गते शनिबार दिउँसो १:४७ बाट शिलामा पसिना आएको थियो । शिलामा यो पटक पुरै भाग ओगटेर पसिना आएको श्रेष्ठले बताए । गएकाे शनिबार भने शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको थियो ।

यसअघि २०७७ सालकाे फागुनमा काेराेना अघि भीमेश्वरको शिलामा पुरै भागमा ‘पसिना’ आएकाे उनले बताए । शिलामा पसिना आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका साथै मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा भविष्य सूचक संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ ।

प्रकाशित : श्रावण ९, २०८१ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×