कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वाग्मती नदीमा शव फेला 

भाद्र २२, २०८१
वाग्मती नदीमा शव फेला 

रौतहट — रौतहटको वाग्मती नदीमा युवकको शव फेला परेको छ । वृन्दावन नगरपालिका-१ रमौली घाटस्थित वाग्मतीमा अन्दाजी ३०/३५ वर्षीय युवकको शव  शनिबार फेला परेको हो । शवको पहिचान खुलिसकेको छैन । 

सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले वाग्मतीबाट शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

मृतकको पहिचानका लागि सहयोग गरिदिन जिल्ला प्रहरी गौरले आग्रह गरेको छ । ‘मृतक को हुन् भन्ने अहिलेसम्म खुलेको छैन,’ एसपी हुमागाईंले भने, ‘प्रहरीले जिल्लाभरिका यूनिटमा हुलीयासहित संचार गरिसकेको छ । मृतकका आफन्तहरुबारे सोधखोज हुँदै छ ।’

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र २२, २०८१ १८:५३
×