रौतहटका सरकारी तथा निजी अस्पतालले बिरामीले प्रयोग गरिसकेको सामान र अस्पतालका फोहोर परिसरमै यत्रतत्र फाल्ने गरेका छन् । फलामको कन्टेनरमा राखेर अस्पतालमा प्रयोग भएका सिरिन्जलगायतका सामान व्यवस्थापन गर्नुपर्नेमा अधिकांशले त्यतिकै फाल्दा संक्रमण फैलिने र अन्य दुर्घटनाको जोखिम बढेको हो ।
रोजगारीका लागि भारतको पन्जाबमा हुँदा हात र खुट्टामा घाउ भयो । बायाँ हातको एउटा औंला र बायाँ खुट्टाको सबै औंला कुहिए । उपचारका लागि पन्जावस्थित अस्पताल गए । घर फर्किएपछि थप उपचारका लागि धनुषाको लालगढस्थित आनन्द वन पुगे ।
एउटा हातमा बोरा, अर्कोमा किताब । रौतहटको फतुवाविजयपुर नगरपालिका–१ स्थित श्रीदलित प्राविमा पढ्ने विद्यार्थी हरेक दिन विद्यालय जाँदा देखिने दृश्य हो यो । विद्यालयको नाममा सानो फुसको झुपडी छ । विद्यार्थी बाहिरै खुला आकाशमुनि बोरा ओछ्याएर पढ्छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटको फतुवाविजयपुर नगरपालिका प्रमुख गोपालराय यादव निलम्बनमा छन् । अघिल्लो पटक नगरप्रमुख रहेकै बेला राजस्व हिनामिना गरेको आरोप लागेका उनी विशेष अदालतमा तारेख धाइरहेका छन् । तर उनले नगरका विकास निर्माण योजना छनोट र बजेट विनियोजनलगायत काममा हस्तक्षेप गरिरहेका छन् ।
नगर प्रमुख र कार्यपालिका सदस्यको स्वार्थ बाझिएपछि रौतहटको बौधीमाई नगरपालिकामा बजेट ल्याउन ढिलाइ भएको छ । बजेट विनियोजन नहुँदा पालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् भने अरू प्रशासनिक काम पनि ठप्प छ ।
टाउको दुखेको ओखती लिन चन्द्रपुर–१० हरैयाकी कौशिल्यादेवी दास आधारभूत स्वास्थ्य केन्द्र पुगिन् । केन्द्र परिसरमा गोरु बाँधिएको देखेपछि उनी अकमकिन् र उपचार नै नगरी फर्किइन् । गोरु पनि बिरामी परेर उपचारका लागि ल्याइएको थियो । कारण स्वास्थ्य केन्द्र र पशु सेवा केन्द्र एउटै भवनमा छन् ।
चन्द्रपुर नगरपालिका–५ राजपैडानजिक नेपाल विद्युत् प्राधिकरणको भवनमा झन्डै १७ वर्षदेखि नेपाली सेना बसिरहेको छ । प्राधिकरणको कार्यालय भने भाडाको घरमा छ । प्राधिकरणको चन्द्रपुर शाखा अपायक भएपछि स्थानीयको मागअनुसार सेना बसिरहेको आफ्नै भवनमा कार्यालय सार्न पहल थालिएको छ ।
रौतहटको सदरमुकाम गौर स्थत भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार झन्डै साढे चार लाख भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । उनीहरूले ल्याएको पैसाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टर्बाइन पड्किएर चिनी मिल बन्द हुँदा उखु क्रसिङ रोकिएको छ । गरुडा नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलको टर्बाइन पड्किएको हो । मिल बन्द हुँदा किसानको करिब २ सय ट्र्याक्टर उखु अलपत्र परेको छ । मिल सञ्चालनमा आउने आसमा कठ्यांगि्रँदो चिसोमा किसान उखु कुरेर बसेका छन् ।