कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

शिव पुरी

रौतहट — रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा मंगलबार विद्युत् सर्ट भई आगो सँल्किदा ७ घर जलेर नष्ट भएको छ । स्थानीय नजारुल अन्सारी, साबिर हुसेन, अनसारुल अन्सारी, मजिद अन्सारी, ईद महमद, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको सशस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

आगलागीबाट अन्न, लत्ताकपडा, भाँडा, नगदसहित घरहरु जल्दा १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

आगो लागेको घटना थाह पाउनासाथ सशस्त्र प्रहरीको सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णनन्दन राय र ईलाका प्रहरी देवाही गोनाहीबाट प्रहरी निरीक्षक कुशाराम कार्कीको कमाण्डमा टोली खटिएको थियो ।

गौर नगरपालिकाको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो साँझ नियन्त्रणमा लिइएको थियो । तराई/मधेशमा हावाहुरीका कारण आगलगीको घटना बढन् थालेको छ ।

प्रकाशित : वैशाख ११, २०८१ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?