मंगलबार बिहानदेखि रोकिएको पोखरा महानगरको मतगणना सुरु गर्न माग गर्दै सत्तारुढ पाँच दलनिकट कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि नाराबाजी सुरु गरेका छन् । दिउँसोसम्म मतगणना टुंगिएर विजय र्यालीमा सहभागी हुने योजनामा पोखराको सहिदचोकमा ठूलो संख्यामा भेला भएका कार्यकर्ता लामो समय मतगणना स्थगित भएपछि आक्रोशित भएका हुन् ।
पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने एमालेले अडान लिएको छ । पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन् ।
पोखराका दुई वडामा मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ ।
दलित महिला वडा सदस्यमा निर्वाचित भएपछि पोखरा महानगर–६ बैदामकी शोभा जलारीको मुहारमा बेग्लै चमक छ । निर्वाचित भएको तेस्रो दिन फेवाताल किनारमा डुंगा चढ्ने पर्यटकको पर्खाइमा बसिरहेकी उनले बाल्यकालदेखि वडा सदस्यसम्मको यात्रा एकै सासमा सम्झिइन् । समाजसेवामा रुचि राख्ने उनले ६ वर्षअघि कांग्रेसको सदस्यता लिएकी थिइन् । गएको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिइन् ।
हरेकजसो चुनावी सभामा पोखरामा एमालेका मेयर प्रत्याशी कृष्णबहादुर थापाले भन्ने गर्थे, ‘२५ हजार मतान्तरले जित्छौं ।’ आइतबारसम्म ७३ प्रतिशत मतगणना गरिसक्दा उनको दाबी गलत सावित हुँदै छ । पोखरा महानगरमा एमाले हार नजिक छ ।
अघिल्लो निर्वाचनमा ६ महानगरमध्ये दुई र ११ उपमहानगरमध्ये आठवटा जितेको एमालेले यसपालि दुईवटा उपमहानगर मात्रै जित हासिल गरेको छ, सबै महानगरमा पछाडि छ । हेटौंडा, बुटवल, जितपुर सिमरा एमालेले गुमाएको छ भने काठमाडौं, पोखरा, धरान र इटहरीमा पछाडि छ ।
पोखरा महानगरपालिकामा बिहीबार दिउँसो २ बजेसम्म ५२ हजार ८ सय १७ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।