यस्तो छ गण्डकीको बजेट (पूर्णपाठ)

गण्डकी सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै ६० प्रतिशत पुँजीगत क्षेत्रमा विनियोजन गरेको छ।

असार १, २०८३

दीपक परियार

This is Gandaki's budget (full text)

काठमाडौँ — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात् ६०.६८ प्रतिशत छुट्याइएको छ ।

 हेर्नुहोस् गण्डकीको बजेट :

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully