जनकपुर साहित्य महोत्सवमा शुक्रबार राजनीतिको भविष्य र भविष्यको राजनीतिबारे छलफल गर्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र राजनीतिक विश्लेषक तुलानारायण साहले सरकारको नीतिका कारण मधेस, विकट क्षेत्र र समुदाय विभेदमा परेको औंल्याए । दुवै जनाले राजनीतिकर्मी समुदायगत स्वार्थमा हिँड्ने भएकाले मुलुकको सबै भू–भागको परस्पर विकास हुन नसकेको बताए ।
जनकपुर साहित्य महोत्सवको दोस्रो दिन ५ शिर्षकमा बहस भएको छ । बिहीबारको बिहानी सत्रको पहिलो बहसमा जानकी मन्थन शिर्षकमा साहित्यकार राजेन्द्र विमलले एकल विचार राखे ।
रामनारायण जनता माविको परिसरमा भव्य पण्डालभित्र सजिएका ७ वटा विवाह मण्डप, सातै जोडी दुलहा–दुलहीले एकअर्कालाई वरमाला लगाइदिए । सुनको औंठी साटफेर गर्दा उपस्थितले ताली बजाए । लगत्तै आफन्त र अन्य शुभेच्छुकले मञ्चमा उक्लिएर दुलहा–दुलहीलाई आशीर्वाद दिन थाले । त्यसपछि मैथिली परम्पराअनुसार विवाहका अन्य विधिसमेत अघि बढाइयो ।
नेकपा दहाल–नेपाल समूहका प्रवक्ता नरायणकाजी श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको अनुपम उपलब्धिमाथि विसर्जनवादीबाट हमला भएको बताएका छन् । देशीविदेशी प्रतिगामी र प्रतिक्रियावादी शक्तिले विस्तारवादी सोचबाट कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई समाप्त गर्न र कम्युनिष्ट पार्टीलाई तोड्ने षडयन्त्र गरेको उनले आरोप लगाए ।
प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुगेका थिए ।
नगराइन नगरपालिका–६ गंगुलीका ६ वर्षीय चन्दन साहलाई अपहरण गरेको आरोपमा मामा लक्ष्मिनरायण साहलाई प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणमा मामा साहसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले बताए ।