महोत्तरीमा टेम्पोमाथि रुख खस्दा २ को मृत्यु, ३ जना घाइते

शनिबार साँझ जलेश्वर नगरपालिका–९ परकौलीस्थित सडक छेउको रुख टेम्पोमाथि खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

वैशाख ५, २०८३

सन्तोष सिंह

2 killed, 3 injured as tree falls on tempo in Mahottari

महोत्तरी — जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पोमाथि रुख खस्दा २ जनाको मृत्यु भएको छ ।

शनिबार साँझको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९ परकौलीस्थित सडक छेउको रुख जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

2 killed, 3 injured as tree falls on tempo in Mahottari

दुर्घटनामा अन्य ३ जना सख्त घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि जनकपुर पठाइएको छ । टेम्पोमा चालकसहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेहरुको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

दुर्घटना पछि केहीबेर जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध भएको थियो ।

नेपाली सेना र प्रहरीले सडकमा खसेको रुख हटाएर सडक सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully