जेठ २२ गते साँझ आफ्नै घर छेउमा खेल्न गएका बालक घर नफर्केपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।
महोत्तरी — महोत्तरीमा तीन वर्षीय बालकको हत्या गरी पोखरीमा फालिएको अवस्थामा शव पेला परेको छ ।
तीन दिनदेखि हराइरहेका बालक आइतबार साँझ पोखरीको छेउमा पानीमा तैरिरहेको बोरामा बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पन्चलाल गोलेले बताए । आइतबार साँझ सम्सी गाउँपालिका-५ ब्रम्हस्थानस्थित पोखरीमा बालकको फेला परेको हो ।
बालकको हत्या भएको पुष्टि गर्दै प्रहरी नायब उपरीक्षक गोलेले हत्यामा संलग्नहरूको विषयमा अनुसन्धान भइरहेको बताए । ‘बालक हराएपछि शव फेला भेटिएको घटनासम्म विभिन्न शंका छन्,’ प्रहरी नायब उपरीक्षक गोलेले भने,‘हत्या भएको धेरै सम्भावना छ । यस सम्बन्धमा अनुसन्धान हुँदै छ । अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने छ ।’
जेठ २२ गते साँझ आफ्नै घर छेउमा खेल्न गएका बालक घर नफर्केपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । नाबालकको पहिचान भने प्रहरीले खुलाएको छैन ।
