महोत्तरीमा टेम्पोमाथि रुख खसेर मृत्यु हुनेको पहिचान खुल्यो

जलेश्वरमा शनिबार साँझ टेम्पोमाथि रुख खस्दा मृत्यु भएका २ जनाको पहिचान भएको हो । दुर्घटनामा ३ जना सख्त घाइते भएका छन् ।

वैशाख ५, २०८३

सन्तोष सिंह

Identity of person killed when tree falls on tempo in Mahottari revealed

महोत्तरी — जलेश्वरमा शनिबार साँझ टेम्पोमाथि रुख खस्दा मृत्यु भएकाहरुको पहिचान भएको छ ।

टेम्पोमा सवार जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीय सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

हावाहुरीको क्रममा जलेश्वर नगरपालिका–९ परकौलीस्थित सडक छेउको रुख जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टुम्पोमाथि खस्दा दुवै जनाको मृत्यु भएको भट्टले बताए ।

दुर्घटनामा जलेश्वर–११ का ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा–३ की ४३ वर्षीय फेकनीदेवी मलिक र जनकपुर उपमहानगरपालिका–१२ का १७ वर्षीय धीरज मलिक घाइते भएका छन् । घाइते  तीनै जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully