रोचक शैलीमा मत माग्ने उम्मेदवार कसले जिते, कसले हारे ? 

यसपटकको निर्वाचनमा केही उम्मेदवारले मतदातालाई रिझाउन बीच बाटोमै लम्पसार परेर खुट्टा ढोगे भने केहीले मतदाताले जे काम गरिरहेका छन् त्यही काम गरे । रोटी बेल्ने, जेरी बनाउने, खेतबारीमा काम गर्ने, तरकारी केलाउनेसम्मका काम गर्न उम्मेदवारहरू पछि परेनन् ।

फाल्गुन २९, २०८२

आरती पौडेल

Who won and who lost when the candidates asked for votes in an interesting way?

What you should know

काठमाडौं — प्रतनिधिसिभा सदस्य निर्वाचन सम्पन्न भए पनि उम्मेदवारहरूले मत माग्न अपनाएका रोचक शैली सामाजिक सञ्जालमा अझै देखिँदैछन् । फरक र रोचक प्रचार शैली अपाउने केही उम्मेदवार निर्वाचित भइसके भने पराजितहरू पनि सञ्जालमा छाइरहेकै छन् । 

यसपटकको निर्वाचनमा केही उम्मेदवारले मतदातालाई रिझाउन बीच बाटोमै लम्पसार परेर खुट्टा ढोगे भने केहीले मतदाताले जे काम गररिहेका छन् त्यही काम गर्ने गरे ।

रोटी बेल्ने, जेरी बनाउने, खेतबारीमा काम गर्ने, तरकारी केलाउनेसम्मका काम गर्न उम्मेदवार पछि परेनन् । केहिले त आफू निर्वाचित भए सुन चाँदीको मूल्य घटाउनेसम्मका आश्वासन दिए । केहीले त मतदातासँग मात्रै भोट मागेनन् कुखुराको भाले, बाख्राको पाठो, पसलमा राखेको डमीसँग समेत भोट मागे । 

यसरी मतदाता रिझाउनेमध्ये कतिपयले प्रतिस्पर्धीसँग ठूलो मतान्तरले जितेका छन् भने केहीले निकै नै कम मत ल्याएर हार ब्यहोरेका छन् । 

चुनावअघि जसले हँसाए चुनावपछि उसैले रुवाए  

ऋषि धमला

पत्रकार ऋषि धमला रौतहट–४ बाट आम जनता पार्टीका उम्मेदवार थिए । उनले भोट माग्दा अपनाएको शैलीले सामाजिक सञ्जालमा चर्चा बटुलेको थियो । 

जसरी भोट माग्ने शैलीको चर्चा सामाजिक सञ्जालभरि भयो त्यसरी नै उनले प्राप्त गरेको मतको चर्चाले सामाजिक सञ्जाल भरिए ।धमलाको चुनाव चिन्ह मोबाइल फोनमा जम्मा ६५५ मत परेको थियो । उक्त क्षेत्रबाट रास्वपाका गणेश पौडेल ३६ हजार ८ सय ७६ मत ल्याएर विजयी भए । 

सोचेको भन्दा निकै फरक मत पाए पनि धमलाले विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा मलाई माया, विश्वास र साथ दिनु हुने सम्पूर्ण मतदाता तथा सहयोगीलाई आभार प्रकट गर्छु ।’ 

परिणाम जे भए पनि त्यहाँका जनतासँग आफ्नो सम्बन्ध कहिल्यै समाप्त नहुने धमलाले जनाए । उनी भन्छन्, ‘म सधैं तपाईहरूकै बीचमा रहने छु । जनताको आवाज सुन्दै, समस्या बुझ्दै र विकास तथा सकारात्मक परिवर्तनका लागि निरन्तर काम गर्छुं ।’ 

धमलाले घरदैलोको क्रममा जेरी बनाउने, उखु काट्ने र बोक्ने, ट्याक्टर चलाउने, साइकल चलाउने, गलामा लगाएको माला नकिालेर कार्यकर्तालाई लगाइदिने, कतै सकिर्मीको सकिो गर्दै काठ काट्ने, चटपट बनाउने, कतै मतदातालाई अँगालो हालेर रुने त, कतै बिरामीलाई उपचारको लागि खर्च जुटाउन मद्दत गर्न आग्रह गर्ने जस्ता क्रयिाकलाप गरेका थिए ।

०००

सूर्य थापा

चुनावी प्रचारलाई रोचक बनाउन नयाँ उम्मेदवारले मात्र बेग्लै शैली अपनाएका थिएनन् । पूराना उम्मेदवारले पनि यो विधि अपनाएका थिए । 

प्युठान–१ का एमालेका उम्मेदवार सूर्य थापा पनि बेग्लै शैली अपनाएर भोट माग्ने उम्मेदवारका रूपमा चिनिए । तर पनि पराजित भए । उक्त क्षेत्रबाट रास्वपाका सुशान्त वैदिक २७ हजार ४ सय ६९ मत ल्याएर निर्वाचित भए । वैदिकका निकटतम् प्रतिद्वन्द्वी डा. गोविन्दराज पोखरेलले १८ हजार ३ सय ३८ मत पाएका थिए । थापाले भने १६ हजार ७ सय १० मत ल्याएका थिए । 

थापा मतदातासँग नजिकिँदै घरको गारो लगाउनेदेखि डकर्मीहरूसँग कुरा गर्ने, सुख्खा रोटी बेल्न समेत मद्दत गरिरहेका देखिन्थे । यस्तै कतै साग काटिरहेको अवस्थामा देखिन्थे त कतै मकै भुट्ने, मतदातासँग तालमा ताल मिलाउँदै नाचेर समेत मतदाता रिझाउन खोजेका थिए । 

चुनावी अभियानको क्रममा उनले आफ्नो आँखा नै ढाँकिने गरी लगाएको माला आफ्नै फेसबुक आइडीबाट अपलोड गरेका थिए । जुन भाइरल भएको थियो । निर्वाचनको नतिजा आएपछि पनि त्यहि फोटोलाई लिएर उनीमाथि व्यांङ्य गरिरहेका छन् । केही उनलाई ‘आँखा नै नदेखिने गरि लगाएको माला जति पनि भोट ल्याएनन्,’ भनिरहेका छन् । 

०००

फुलदेव ठाकुर हमाज

फरक शैलीमा भोट माग्नेमध्येका अर्का उम्मेदवार हुन् सिराहा–४ बाट स्वतन्त्र उम्मेदवारी दिएका फुलदेव ठाकुर हमाज । उनले चुनावी अभियानको क्रममा घोडामा चढेर घोषणपत्र सुनाएका थिए । उनले भनेका थिए, ‘जनताको लागि बस्नलाई रुखमुनि चौतारो बनाइदिनेछु ।’

‘सुन र चाँदीको भाउ घटाइदिनेछु,’ उनले भनेका थिए, ‘देशको सिमानालाई कडासाथ निगरानी गर्छु । कर्मचारीको तलब वृद्धि गरिदिनेछु । नेपाल सरकारबाट दहेज लिने र दिने दुवैलाई कारबाही गरिदिनेछु ।’ फुलदेवको सुनचाँदीको मूल्य घटाउने अभिव्यक्ति, घोडा चढेर घरदैलो अभियानले निकै चर्चा पाएको थियो । 

निर्वाचनमा फुलदेवले जम्मा २७ मत पाए । उक्त क्षेत्रबाट रास्वपाका तपेश्वर यादवले ३६ हजार २ सय १० मत ल्याएर निर्वाचित भए । फुलदेव चुनावको नतिजापछि मतदाताले घात गरेको भनेर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा केहीले व्याङ्य समेत गरेका छन् । केहीले सान्त्वना दिएका छन् । 

फरक शैलीमा प्रस्तुत भएर जसले जिते 

अचुत्तम लामिछाने

नुवाकोटका–२ बाट रास्वपाका उम्मेदवार अचुत्तम लामिछाने पनि अलग र रोचक शैली अपनाएर भोट माग्ने मध्येमा पर्छन् । 

उनी घरदैलोका क्रममा बाटोमा मतदाता देख्ने बित्तिकै भोट हाल्न आग्रह गर्दै लम्पसार परेर ढोग्थे । यो शैलीको भिडियो चुनाव अगाडि सामाजकि सञ्जालमा निकै भाइरल भएको थियो । उनी ३२ हजार ५४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदिश्वर नरसिंह केसी १५ हजार ५ सय ३ ल्याएर पराजित भए । 

आशिका तामाङ

धादिङ–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङको घरदैलो कार्यक्रम पनि बेग्लै र अनौठो थियो ।

आशिकाले निर्वाचनको क्रममा मतदातासँग मात्रै भोट मागिनन् कुखुरा, बाख्राको पाठोसँग समेत मागेको भिडियो सामाजिक सञ्जालमा छाएका थिए । उनी ३९ हजार १ सय २८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याए । 

०००

सुधन गुरुङ

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरुङ पनि फरक तरिकाले भोट माग्ने मध्येका एक हुन् । उनी चुनाव अगाडि घरदैलोका क्रममा मतदातालाई रिझाउन कहिले ठूलो भारी बोकेर हिँडेका थिए त कहिले पसलमा राखेको डमीसँग भोट मागिरहेको देखिन्थे ।

पसलमा राखेको डमीसँग भोट मागेको भिडियाेले निकै चर्चा पाएको थियो । उनले अपनाएको फरक शैली देखेर सामाजिक सञ्जालमा फरक फरक धारणा देखिन्थे । उनले निर्वाचनमा भने प्रतिस्पर्धीलाई जिते । गुरुङले २९ हजार ८ सय ९६ मत ल्याए भने प्रतिस्पर्धी प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत ल्याए । 

महावीर पुन

निर्वाचन अगाडि घरदैलोका क्रममा फरक प्रचार शैली अपनाउने मध्येका अर्का उम्मेदवार हुन् पूर्वमन्त्री एवं वैज्ञानिक महावीर पुन । उनको चुनाव प्रचार गर्ने शैली पन निकै अलग थियो । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनले गाउँ गाउँमा पुगेर मतदातालाई भोट हाल्न निर्देशन शैलीमा आग्रह गरेका थिए । उनले यो गर्छु त्यो गर्छु भनेर वाचा नगर्ने समेत बताएका थिए । उनी कसैलाई चल्लिा कुरा गरेर फकाउँदैन थिए । खरो शैलीमा भोट दिन मन हुनेले दिनु, मन नहुनेले नदिनु भन्थे । 

उनी घरदैलो गर्ने स्थानहरूको बारे पहिल्यै फेसबुकमा स्टाटस लेख्थे । कहिले ‘कटुवाल’ शैलीमा डाँडाबाट सबैलाई भोट हाल्न अनुरोध गर्थे त कहिले प्रचार गर्न जाने क्रममा भीरको बाटोमा छमछम नाच्थे । 

फरक शैली अपनाएका पुनले पनि निर्वाचनमा अत्यधिक मत पाएका छन् । उनले २२ हजार ८ सय ५० मतसहित निर्वाचित भएका हुँदा प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरे ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully