व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजार उद्घाटन गर्दै गत १६ चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीको पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ ? एमाले क्विन्टल हो । गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँचवटा दलको गठबन्धनले के गर्छ ?’
सत्ता घटक पाँच दलबीचको गठबन्धनले अपेक्षा गरिएअनुसार नतिजा आउने नदेखिए पनि कांग्रेसको हकमा पहिलो पार्टी बन्ने अवसर भएको नेताहरूले बताएका छन् । यसमा गठबन्धनको निर्णयमुताबिक ‘मत ट्रान्सफर’ नहुनु मात्रै कारण नभएको नेताहरूको बुझाइ छ । कार्यकर्ता पंक्तिमा गठबन्धनको निर्णयले उत्पन्न गराएको आक्रोश, जनचाहनाविपरीत सरकारका निर्णय र उम्मेदवार चयनमा नेतृत्वको असावधानी मुख्य जिम्मेवार भएको कांग्रेस नेताहरूको ठम्याइ छ ।
भालेको डाँकसँगै हरदिन चियाको समय सुरु हुन्छ डिपबोरिङ चोकमा । चिया खाना जम्मा हुने र गफिने गाउँलेहरू हिजोआज गाउँको मुद्दा होइन, चुनावी कथाबाट दिनको सुरुवात गर्छन् । विराटनगरबाट करिब २ किलोमिटर उत्तरपश्चिमको कटहरी गाउँपालिका–१ मा पर्ने यो चोकमा बिहान ४ बजेदेखि नै स्थानीय जम्मा हुन थाल्छन् ।
इटहरी उपमहानगरपालिकामा मुद्दाभन्दा बढी प्रतिष्ठाको लडाइँ छ । सत्ता गठबन्धनलाई तालमेलको बल छ भने एमालेसँग विगतको विरासत छ । एकातिर तालमेल र अर्कातिर विरासतका कारण मतदान गर्ने दिन नजिकिँदै जाँदा स्थानीय चुनाव रोमाञ्चक बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो मतभारको हिसाबकिताबमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा भने ओझेलमा परेको छ ।
मुलुकका दुई प्रमुख राजनीतिक दल एमाले र कांग्रेसले धरान उपमहानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई प्रतिष्ठाको विषय बनाइरहेका बेला निर्णायक मत लिएर बसेका यहाँका १३ हजार ५ सय सुकुम्बासी परिवारमा भने यतिबेला ‘नो लालपुर्जा, नो भोट’ को अभियान भित्रभित्रै चलिरहेको छ ।
इतिहासमा विराटनगरलाई सम्झने दुई चिज छन्– आधुनिक औद्योगिकीकरण र राजनीतिक जागरणको केन्द्र । कृष्णप्रसाद कोइरालाले रोपेको राजनीतिक जागरण आन्दोलनलाई उनका छोराहरूले जीवनकालभर मर्न दिएनन् । बीपी, गिरिजा र मातृकाप्रसाद यही भूमिबाट प्रधानमन्त्री भए । विराटनगरले मनमोहन अधिकारी र नगेन्द्रप्रसाद रिजालसमेत पाँच प्रधानमन्त्री जन्माइसकेको छ ।
एकअर्काको अस्तित्व र शक्ति सहज रूपमा स्वीकार गर्न नसकेपछि गठबन्धनमा रहेका दलहरूबीच देशव्यापी तालमेल हुन सकेन । पाँचदलीय चुनावी तालमेलले देशको राजनीतिक भविष्यका लागि पनि ऐतिहासिक महत्त्व राख्ने दाबी गरेका दलहरूबीच करिब दुई दर्जन जिल्लामा मात्र पूरा ‘सेट’ मा तालमेल भएको छ भने बाँकी जिल्लामा आंशिक सहकार्य भएको छ ।
पार्टीको आन्तरिक शक्ति संघर्षले अर्को मोड नलिएमा कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरिसकेको छ । त्यसरी सिफारिस भएको नाम प्रदेश हुँदै केन्द्रमा जाने र केन्द्रीय कार्यसमितिअन्तर्गत बन्ने संसदीय समितिले महानगरको उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।
स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेको छ । गत निर्वाचनमा एमालेले जितेको पोखरा महानगरपालिका कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी गर्दा गठबन्धनको भागबन्डा टुंगो लाग्न नसकेको हो । यही विषयलाई टुंग्याउन मंगलबार फेरि गठबन्धनको बैठक बस्ने भएको छ ।
पाँचदलीय सत्ता गठबन्धन दल आसन्न स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा पद भागबन्डाको आन्तरिक छलफलमा जुटिरहेका बेला कांग्रेसमा भने भरतपुर महानगरपालिकाको विषय पेचिलो बन्दै गएको छ । भागबन्डाका लागि सत्ता गठबन्धनको बैठक बस्नुअघि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राखेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भरतपुरकै कारण देशभर चुनावी गठबन्धन असहज बनेको अधिकांश नेताहरूले बताएका छन् ।