अर्घाखाँचीमा पासोमा परेको चितुवा मर्‍यो

बँदेललाई थापेको पासोमा चितुवा परेर मरेको हो

फाल्गुन १४, २०८२

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीमा बँदेललाई थापेको पासोमा चितुवा परेर मरेको छ । सन्धिखर्क नगरपालिका-७ उपल्लो किटेनी गाउँकाे बारीको  छेउमा थापेको पासाेमा चितुवा परेको थियो ।

स्थानीयले बिहीबार बिहानै चितुवा पासाेमा परेको देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । वनकाे टाेली उद्धारका लागि जानुभन्दा अघि नै चितुवा मरेकाे डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । भाले चितुवाकाे लम्बाइ ५ फिट १० फुट र दुई फिट चाैडाइ रहेको छ ।

वन्यजन्तुले खेतबारीमा उत्पादन भएको अन्नबाली, तरकारी नाेक्सान गरिदिएपछि स्थानीयले बँदेललाई पासाे थापेका थिए । 

वीरेन्द्र केसी

Link copied successfully