कांग्रेसले १०० भन्दा बढी सिट जित्छ : उपसभापति भुसाल

नागरिकले कांग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई हामीले आत्मसात गर्‍यौँ : भुसाल

माघ २६, २०८२

वीरेन्द्र केसी

Congress will win more than 100 seats: Deputy Chairman Bhusal

अर्घाखाँची — कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले बदलिएको कांग्रेसले प्रत्यक्षमा एक सयभन्दा बढी सिट जितेर पहिलो दल बन्ने दाबी गरेकी छिन् ।

गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि देशभर कांग्रेसप्रति जनलहर बढ्दो भएकाले परिवर्तन चाहने युवा शक्तिले कांग्रेसलाई मतदान गर्ने उनको दाबी छ । 


उपसभापति भएपछि पहिलो पटक गृहजिल्ला अर्घाखाँची आएकी पूर्वउपसभामुख भुसालले कांग्रेस जिल्ला कार्यसमितिले सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पाटीको संस्थापन निर्णयबाटै सभापति गगन थापालाई मुलुकको भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि देशभर एकखालको प्रभाव बढ्दै गएको बताइन् । 


‘फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावका लागि भोट माग्न जनतामा जाँदा कांग्रेस रूपान्तरण भएर आएको छ,’ उनले भनिन्, ‘नागरिकले कांग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई हामीले आत्मसात गर्‍यौँ । नयाँ परिवेश र नयाँ एजेन्डाका साथ यसपटकको निर्वाचनमा १ सय ६५ स्थानमा नयाँ उम्मेदवार उठाएका छौं ।’ 

वीरेन्द्र

Link copied successfully