कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्य

भाद्र ३१, २०८१
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्य

Highlights

  • चौथो अधिवेशनका ३५ बैठकबाट ६ विधेयक पारित

बुटवल — लुम्बिनी प्रदेश सभाको चालु चौथो अधिवेशन सोमबारबाट अन्त्य भएको छ ।

लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले चौथो अधिवेशन सोमबारदेखि अन्त्यका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार चालू अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्बासेद्वारा जारी विज्ञप्तीमा सोमबार रातीदेखि अधिवेशन अन्त्य भएको उल्लेख छ ।

लुम्बिनी प्रदेशसभाको चौथो (वर्षे) अधिवेशन ३५ वटा बैठक बसेर अन्त्य भएको हो । चौथो अधिवेशनबाट २ सालबसाली, १ संशोधन र ३ मूल विधेयक गरी ६ विधेयक पारित भएका छन् । स्थानीय निजामती सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन २०८० चैत २२ गतेबाट सुरु भएको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १९:३६
x
×