कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

लुम्बिनी निजामती सेवा ऐेन संशोधन विधेयक प्रदेशसभाबाट पारित

भाद्र ३१, २०८१
लुम्बिनी निजामती सेवा ऐेन संशोधन विधेयक प्रदेशसभाबाट पारित

दाङ — लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाको साेमबार बसेकाे  बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेस गरेकाे प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेस भएको संशोधन विधेकयमा ५ वटा संशोधन परेका थिए । ती संशोधनलाई शुक्रबारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।

समिति सभापति दिलकुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेश सभाको सोमबार बसेको पहिलो बैठकमा पेस गरेकी भिइन् ।

२०८० असारको २२ गते प्रदेश सभामा पेस भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण भएको थियोे । यसैबीच लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेशसभाबाट स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १७:५०
x
×