कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका लागि ५० सिट

भाद्र २२, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका लागि ५० सिट

दाङ — चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमबीबीएस अध्ययपनका लागि ५० सिट निर्धारण गरेको छ ।  आयोगले शुक्रबार ५० सिटको अनुमति सुनिश्चित गरेको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।

यो लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण उपलब्धी भएको लम्सालले बताए । प्रतिष्ठान स्थापनाको ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति प्राप्त भएको उनले जानकारी दिए । हाल प्रतिष्ठानमा बिएस्सी नर्सिङ, बिएनएस र एमडीएमएसका कक्षाहरू सञ्चालन भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

प्रतिष्ठानमा हाल ४० विशेषज्ञ, १७५ नर्स र ५० जना प्यारामेडिक्स कार्यरत छन् । अहिले प्रतिष्ठानमा दैनिक सरदर ६ सय बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले बताए । अहिले प्रतिष्ठानमा ३ सय बेडको क्षमता छ । सरकारको ‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने नीतिअनुसार स्थापित यो लुम्बिनीको एक मात्र प्रतिष्ठान हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ अनुसार प्रतिष्ठान स्थापना भएको हो । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रुपमा स्थापित भएको स्वास्थ्य संस्था अहिले प्रतिष्ठानमा परिणत भएको हो । २०२१ सालमा १५ शय्याको महेन्द्र अस्पताल, २०५० सालमा २५ शय्याको अस्पताल र २०६४ मा ५० शय्याको अस्पतालमा स्तरोन्नती भएको थियो । २०६५ साल चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नती भएको थियो । २०७१ सालमा १ सय शय्याको अस्पताल हुँदै २०७४ सालमा प्रतिष्ठानमा रुपान्तरण भएको हो ।

प्रकाशित : भाद्र २२, २०८१ १०:३०
x
×