कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित, ५ बजे पुनः बस्ने

भाद्र ३१, २०८१
लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित, ५ बजे पुनः बस्ने

Highlights

  • प्रदेश निजामती ऐनलाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा पेस, आजै पारित गर्ने तयारी

बुटवल — लुम्बिनी प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश निजामती ऐन २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस भएको छ ।प्रदेश निजामती ऐनलाई संशोधन गर्न सरकारले भदौ २४ गते उक्त विधेयक प्रदेश सभामा दर्ता गराएको थियो ।

प्रदेश सभाको भदौ २८ गतेको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै दफावार छलफलका लागि भदौ ३० गतेको बैठकले प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो ।

समितिमा सोमबार बिहान प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालसहित सदस्यहरुको उपस्थितीमा छलफल गरेर विधेयकलाई अन्तिम रुप दिएपछि प्रतिवेदनसहित सभामा पेस गरिएको समितिकी सभापति दिलकुमारी बुढामगरले सभालाई जानकारी गराएकी छन् ।

विधेयक पेश भएलगत्तै प्रदेश सभाको बैठक ५ बजेसम्मका लागि स्थगित भएको छ । विधेयक सोमबारकै बैठकबाट पारित गर्ने तयारी छ । सोमबारको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुमीश्वर ढकालले प्रदेश लोक सेवा आयोगको आव २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदन छलफल र अध्ययनका लागि सोमबार नै प्रदेश मामिला तथा कानुन समितिमा पठाईएको जानकारी सभामुख तुलाराम घर्ती मगरले दिएका छन् ।

सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । यस अघिका बैठकमा सुन्य समय र विशेष समयमा प्रदेश सभा सदस्यहरुले उठाएका विषयबस्तुमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर र उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले जवाफ दिएका छन् ।

प्रकाशित : भाद्र ३१, २०८१ १६:३०
x
×