कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त

भाद्र ३१, २०८१
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त

बुटवल — प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनिश पन्थीका अनुसार सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी अर्याल र सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ का सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ का भुवन चौधरी र बुटवल उपमहानगरपालिका–१८ रूपन्देहीका शान्तादेवि ढकाललाई नियुक्त गर्ने निर्णय हो ।

त्यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका–४ को केन्द्र चिराघाटबाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएपछि सरकारले सिफारिस गरेको हो ।

बैठकले गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिफेक्चर, बुङ्गोओनो सहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि पनि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पन्थीले बताए ।

प्रकाशित : भाद्र ३१, २०८१ ०९:४३
x
×