कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दुर्घटनामा घाइतेको मृत्यु

भाद्र २२, २०८१

नवलपरासी — बर्दघाटस्थित भित्री सडकमा साइकल र मोटरसाइकल ठोक्किँदा घाइते भएका सुरेश चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार जमुनियाबाट शुक्रबार साँझ नारायणचोक आउँदै गरेको मोटरसाइकल र साइकल ठोक्किएको थियो ।

साइकल चालक सुरेश चौधरी घाइते भएपछि उपचारका लागि भैरहवा मेडिकलमा लगिएकोमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । उनी नारायणचोक निवासी हुन् । मोटरसाइकल चालक किशोरको उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २२, २०८१ ०८:३५
×