जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान पौने ८ बजे देवघाट जलमापन केन्द्रमा २९३ मिलिलिटर वर्षा भएको छ ।
नारायणी नदीमा पानीको बहाब बढ्दै गएको भन्दै प्रशासनले गैंडाकोटदेखि त्रिवेणीधामसम्मको करिब ६० किलोमिटर क्षेत्रका नदी किनारका बस्तीमा सर्तकता अपनाउन आग्रह गरेको हो ।
सुस्तामा तटबन्ध निर्माणको काम भइरहेको छ । निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला डेढ महिनाअघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए ।
गत चुनावमा रास्वपालाई सघाएपछि उनलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई कांग्रेसले पत्राचार गरेको थियो
गैंडाकोट–डेंढगाउँ रामपुर सडकको गडगडीघाट पुल १० वर्ष पटक–पटक म्याद थप्दा पनि पूरा नगर्ने तीन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
१ सय ४२ मत ल्याएर बिजयी भएका उनले निकटतम प्रतिस्पर्धी गोकुल सापकोटालाई मात्र ३ मतले हराएका हुन् ।
मोटरसाइकलमा सवार ५१ वर्षिय ओमनारायण गुरौको मृत्यु भएको हो ।
कावासोतीमा रास्वपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मंगलबार सांसद राजन गौतमले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणको प्रमुख एजेन्डा नै सीमा विवाद सुल्झाउनु रहेको बताएका छन् ।
पश्चिम नवलपरासीको सुस्तामा नयाँ ठेक्काअन्तर्गत भइरहेको तटबन्ध निर्माणमा भारतीय पक्षले अवरोध जनाएको हो ।
३१ वर्षीय सञ्जय विक हत्या कसुरमै कास्की कारागारमा सजाय भोगिरहेका थिए, गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भागेर नवलपरासी पूर्व पुगे । ६ महिनाको अवधिमा पहिले डेरा बसेकै घरधनीसहित २ जनाको हत्या गरे ।