१ सय ४२ मत ल्याएर बिजयी भएका उनले निकटतम प्रतिस्पर्धी गोकुल सापकोटालाई मात्र ३ मतले हराएका हुन् ।
नवलपरासी — रास्वपा नवलपुरको सभापतिमा दोमन भण्डारी निर्वाचित भएका छन् । १ सय ४२ मत ल्याएर बिजयी भएका उनले निकटतम प्रतिस्पर्धी गोकुल सापकोटालाई मात्र ३ मतले हराएका हुन् ।
मंगलबार बिहान घोषणा गरिएको मत परिणाम अनुसार, उपभापतिमा जगबहादुर राना, सचिवमा बिष्णु कँडेल, सहसचिव देबबहादुर परियार निर्वाचित भएका हुन् ।
साथै, सदस्यमा यमकला पाण्डे, सुमित्रा नेपाल, सिता भुसाल, भागिरथा घर्तिमगर, भोजनारायण श्रेष्ठ पनि विजयी भए । ७ सय ५६ मतदाता रहेको नवलपुरमा ४ सय ३३ मत खसेको थियो ।
