मोटरसाइकलमा सवार ५१ वर्षिय ओमनारायण गुरौको मृत्यु भएको हो ।
नवलपरासी — महेन्द्रराजमार्गको कावासोती–नारायणगढ सडक खण्ड अन्तर्गत प्रगतिनगरमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा त्यसमा सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज खड्काका अनुसार रोकिरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ठोक्किएर ग१०प २२८७ नम्बरको मोटरसाइकलमा सवार ५१ वर्षिय ओमनारायण गुरौको मृत्यु भएको हो ।
दूर्घटानामा परी मोटरसाइकल चालक भारतिय नागरिक बिशालकुमार श्रीवास्तव गम्भिर घाइते भएका छन् । उनको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । दुर्घटना बिहिबार राती करिब ११ बजे भएको हो ।
