सभापति लामिछानेको भारत भ्रमणको मुख्य एजेन्डा सीमा विवाद समाधान : सांसद गौतम

कावासोतीमा रास्वपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मंगलबार सांसद राजन गौतमले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणको प्रमुख एजेन्डा नै सीमा विवाद सुल्झाउनु रहेको बताएका छन् ।

जेष्ठ १९, २०८३

नारायण शर्मा

Resolution of border dispute is the main agenda of President Lamichhane's visit to India: MP Gautam

नारायण शर्मा — सत्तारुढ दल रास्वपाका सांसद राजन गौतमले पार्टी सभापति रवि लामिछानको भारत भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सीमा विवाद सुल्झाउने रहेको दाबी गरेका छन् ।

कावासोतीमा रास्वपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मंगलबार सांसद गौतमले पार्टी सभापतिको भारत भ्रमणको प्रमुख एजेन्डा नै सीमा विवाद सुल्झाउनु रहेको बताएका छन् । 'अर्को एजेन्डा व्यापारका विषय छलफल गर्नु हो,' उनले भने, 'चाँडै ती दुई विषयमा सरकारको तहबाट सम्झौता हुने छ ।'

पूर्वी नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य बनेका गौतमले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको बताए । भारतले मात्र सिमाना मिच्यो भन्दा अन्तर्राष्ट्रिय ध्यानाकर्षण नगरेको प्रधानमन्त्रीले संसद्‍मा बोल्दै गर्दा नेपालले समेत भारतको सिमाना मिचेको भनिसकेपछि अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको र यसमा संयुक्त राष्ट्रसंघले समेत चासो लिने गौतमले दाबी गरे । 

सत्तारुढ दलका सभापतिको भारत भ्रमणलाई सकारात्मक रुपले लिनुपर्ने भन्दै उनले यस पटकको भ्रमणको खास अर्थ रहेको उनले जिकिर गरे ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully