नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नारायणी नदीमा पानीको बहाब बढ्दै गएको भन्दै प्रशासनले गैंडाकोटदेखि त्रिवेणीधामसम्मको करिब ६० किलोमिटर क्षेत्रका नदी किनारका बस्तीमा सर्तकता अपनाउन आग्रह गरेको हो ।

असार २९, २०८३

नारायण शर्मा

Residents around Narayani River urged to be vigilant

नवलपरासी — जिल्ला प्रशासन कार्यालय नवलपरासीले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

नारायणी नदीमा पानीको बहाब बढ्दै गएको भन्दै प्रशासनले गैंडाकोटदेखि त्रिवेणीधामसम्मको करिब ६० किलोमिटर क्षेत्रका नदी किनारका बस्तीमा सर्तकता अपनाउन आग्रह गरेको हो । 

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह ह्वत्तै बढेको छ ।जल तथा मौषम विज्ञान विभागका अनुसार सोमबार राति साढे ९ बजे नारायणी फिल्ड अफिस जलमापन केन्द्रमा २२७ मिलिलिटर वर्षाद भएको छ । त्यसैगरि पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा १९१ मिलिलिटर वर्षाद भएको छ । यी सबै मापन यो वर्षको सबैभन्दा धेरै हो ।

पूर्वी नवलपरासी र त्यसैसँग जोडिएको चितवनका विभिन्न स्थानमा सोमबार साझदेखि भीषण वर्षाद भइरहेको छ ।  

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully