कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भाद्र २२, २०८१
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नेपालगन्ज — बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा परी कोहलपुर नगरपालिका- १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षीय मोटरसाइकल चालक भुपेन्द्र सुनारको मृत्यु भएको हो ।

शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका-११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा चालक सुनारसँगै सवार सुर्खेतको लेकबेँसी नगरपालिका-३ राताटारका लालबहादुर सुनार घाइते छन् ।

लालबहादुर सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याउँदा चालक सुनारलाई चिकित्सकले मृत घोषणा गरेका कोहलपुर प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए ।

घाइते लालबहादुरको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित : भाद्र २२, २०८१ १३:०५
x
×