कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटना

काठमाडौँ — इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरान न्युज  एजेन्सीका अनुसार आइतबार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो । 

इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटना

इरानी समाचार संस्थाका अनुसार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए । इरानी गृहमन्त्री अहमद वाहिदीका अनुसार उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको समेत इरानी समाचार संस्थाले जनाएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×