कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मौरिटानियामा पानीजहाज दुर्घटना : २५ को मृत्यु, १९० भन्दा बढी बेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — अफ्रिकी मुलुक मौरिटानियामा पानीजहाज दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार राजधानी नौआकचोटनजिकै पानीजहाज दुर्घटनामा परेको हो । मौरिटानिया न्युज एजेन्सीका अनुसार अहिले पनि केही मानिसहरू हराइरहेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आईओएम) का अनुसार पानीजहाजमा रहेका १९० भन्दा बढी मानिस हराइरहेका छन् । मौरिटानियाको कोस्टगार्डले १०३ जनाको उद्धार गरेको बीबीसीले जनाएको छ । त्यस्तै २५ जनाको शव भेटिएको पनि कोस्टगार्डले जानकारी दिएको छ ।

आईओएमका अनुसार २२ जुलाईमा जहाज पल्टिनुअघि गाम्बियाबाट एउटा काठको नाउमा झन्डै ३ सय मानिस सवार थिए । पल्टिनुअघि उनीहरूले ७ दिन समुद्रमै बिताइसकेका थिए ।




प्रकाशित : श्रावण १०, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×