२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
कान्तिपुर हाफ म्याराथन

दुई वर्षमै च्याम्पियन

जेष्ठ ७, २०८०

प्रमुख प्रतियोगिता खेल्न लागेको दुई वर्षमै मुकेश पाल शनिबार कान्तिपुर हाफ म्याराथनको उपाधि जित्न सफल भए । २०७४ सालमा नेपाली सेनामा आबद्ध भएपछि मात्र उनले दौडको अर्थ ठम्याएका थिए ।...

कान्तिपुर हाफ म्याराथन : कर्पोरेटतर्फको उपाधि विकेश र सुनितालाई

विकेश घिमिरे र सुनिता महर्जनले कान्तिपुर हाफ म्याराथनको कर्पोरेट रनतर्फको उपाधि जितेका हुन् । ११औं संस्करणअन्तर्गत कर्पोरेट रनतर्फको निर्धारित ५ किलोमिटर दूरी घिमिरेले १४ मिनेट ३६ सेकेन्ड ३ मिलिसेकेन्डमा पूरा गरेका हुन् । त्यस्तै महर्जनले निर्धारित दूरी २३ मिनेट २३ सेकेन्ड ९० मिलिसेकेन्डमा पूरा गरेकी हुन् ।

तस्बिरमा कान्तिपुर हाफ म्याराथन

११ औं कान्तिपुर हाफ म्याराथन जारी छ । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथनको उद्घाटन सुरु गरेका हुन् । प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताएका छन् । साथै कान्तिपुर मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले गरे ११औं कान्तिपुर हाफ म्याराथनको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गरेका छन् । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथनको उद्घाटन सुरु गरेका हुन् ।