२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
ट्वान्टी-२० विश्वकप क्रिकेट

भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास

असार १६, २०८१

भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।...

ट्वान्टी-२० विश्वकप २०२४ : वेस्ट इन्डिजलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिकाले आयोजक देश वेस्ट इन्डिजलाई सोमबार तीन विकेटले पराजित गर्दै ट्वान्टी-२० विश्वकप २०२४ को सेमिफाइनल यात्रा तय गरेको छ । डकवर्थ लिविस नियमअनुसार जितका लागि १ सय १ सय २३ को लक्ष्य पाएको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर १ सय २४ रन बनाएको हो ।

ट्वान्टी-२० विश्वकप क्रिकेट : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर-८ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियाविरुद्ध ऐतिहासिक २१ रनको जित हात पारेको छ । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएको हो । 

अनुभवको हार

खेलको पहिलो बलमै सोमपाल कामीले विकेट लिएका थिए र सानो लक्ष्य पछ्याउँदा नेपाली इनिङ्सको पहिलो बलमा कुशल भुर्तेलले चौका प्रहार गरेका थिए । तर त्यसले मात्र नेपाल अनुकूलको नतिजा निकाल्न काफी थिएन । बाँकी समय भने नेपाल पछाडि नै पर्‍यो र बंगलादेशसँग २१ रनले पराजित भयो । फलतः नेपालले विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चको यात्रा जितविहीन बन्दै टुंग्याएको छ ।

निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त

लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

बंगलादेशविरुद्ध नेपालको सानदार बलिङ, सामान्य लक्ष्य पछ्याउँदै

नेपालले आइतबार सानदार बलिङ गर्दै ट्वान्टी-२० विश्वकप क्रिकेटमा बंगलादेशलाई सानो स्कोरमा आउट गरेको छ । स्पिनरहरूको चम्किलो प्रर्दशनपछि नेपालले टस जितेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको हो ।

ट्वान्टी-२० विश्वकप क्रिकेट : ऐरीले लिए बंगलादेशी कप्तानको विकेट

ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्ध खेलमा नेपाललाई सुरुवातमै सफलता मिलेको छ । इनिङ्सको पहिलो बलमै सोमपाल कामीले तान्जिद हसनलाई आउट गरेका थिए ।

सोमपालले पहिलो बलमै लिए बंगलादेशको विकेट

नेपालले इनिङ्सको पहिलो बलमै बंगलादेशको पहिलो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले बंगलादेशी ब्याटर तानजिद हसनलाई पहिलो बलमै आउट गरेका हुन् । सोमपाल आफैंले हसनलाई  क्याचआउट गराएका हुन् । 

बंगलादेशविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ । किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । 

अस्ट्रेलियासँग स्कटल्यान्ड हार्दा इंग्ल्यान्ड पनि सुपर-८ मा

ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह 'बी' बाट सुपर-८ मा प्रवेश गर्ने टिमको टुंगो लागेको छ । समूह 'बी'बाट अस्ट्रेलिया यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको थियो । 

जित्दाजित्दै हार्न पुगेको नेपाल

नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा शनिबार इतिहास रच्ने क्रममा पुगिसकेको थियो । सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा पहिलो पटक फ्लड लाइटमा खेलिएको खेलमा दक्षिण अफ्रिकामाथि नेपालको ऐतिहासिक विजयको कथा लगभग तय भइसकेको थियो ।

तस्बिरमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल

नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो । तस्बिरमा हेरौं दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन :

दक्षिण अफ्रिकासँग नेपाल १ रनले निराश

नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालको सानदार बलिङ, मध्यम लक्ष्य पछ्याउँदै

स्पिनरहरुले सानदार बलिङ गरेपछि नेपालले ट्वान्टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले शुक्रबार सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा टस जितेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ११५–७ को स्कोरमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालको फिल्डिङ

दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङका लागि बोलाएका हुन् ।

ट्वान्टी-२० विश्वकप क्रिकेट : समूह चरणबाटै बाहिरियो न्युजिल्यान्ड

पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान सुपर-एटमा स्थान पक्का गरेपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।  समूह 'सी' बाट अफगानिस्तान र वेस्ट इन्डिज ३ खेलबाट समान ६ अंक बटुल्दै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।

पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै  ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ ।  अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । 

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकपको सुपर-एटमा

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर-एट चरणमा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डले १३ रनले हराएको हो ।

वर्षाले रोक्न नसकेका नेपाली समर्थक

कमजोर विकेट, लो स्कोरिङ खेल र अनुमान गर्न गाह्रो अमेरिकाको मौसममा नेपाली समर्थकले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटलाई चहलपहल गराइदिएका छन् । जुन हिसाबमा ट्वान्टी–२० क्रिकेट छिटो गतिमा खेलिन्छ, त्यसअनुसारको रन अमेरिकामा भएका अधिकांश खेलमा नबनेपछि विश्वकप ओझेलमा पर्दै आएको छ ।