कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकपको सुपर-एटमा

न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिने खतरा

काठमाडौँ — न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर-एट चरणमा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डले १३ रनले हराएको हो ।

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकपको सुपर-एटमा

वेस्ट इन्डिजले खेलेका ३ वटै खेल जित्दै समूह 'सी' को शीर्ष स्थानमा समेत रहेको छ । अंकतालिकाको पुछारमा रहेको न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्युजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्युजिल्यान्डले जित्नै पर्नेछ ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमा समेटिएको हो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । त्यस्तै फिन एलेनले २६ रन बनाउँदा मिचेल सेन्टनरले २१ रन बनाए ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १९ रन खर्चिए । त्यस्तै गुडाकेश मोटीले ३ विकेट लिँदा अकिल होसेन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि सेरफन रदरफोर्डले सर्वाधिक ६८ रन बनाए । उनले ३९ बलमा ६ छक्का र २ चौका हानेका थिए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए । त्यस्तै टिम साउथी र लोकी फर्ग्युसनले २-२ विकेट लिए । त्यस्तै जेम्स निसाम र मिचेल सेन्टनरले १/१ विकेट लिए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×