कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ट्वान्टी-२० विश्वकप क्रिकेट  : फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्ने

सेमिफाइनलमा भारतसँग इंग्ल्यान्ड ६८ रनले पराजित

काठमाडौँ — भारतले इंग्ल्यान्डविरुद्ध प्रभावशाली खेल प्रदर्शन गर्दै ६८ रनले बिहीबार पराजित गरेको छ । यससँगै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । यससँगै इंल्ग्यान्डले उपाधि रक्षा गर्ने सम्भावना समाप्त भएको छ । भारतले भने फाइनलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

ट्वान्टी-२० विश्वकप क्रिकेट  : फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्ने

कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १६.४ ओभर मात्र टिकेर १ सय ३ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेन् । ह्यारी ब्रुक्सको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

कुलदीप यादव र अक्षर पटेलले घातक बलिङ गरे । उनीहरूले तीन/तीन विकेट लिए । अक्षरले २३ रन मात्र खर्चे र ‘प्लेयर अफ द म्याच’ पनि भए । जसप्रित बुमराहले पनि दुई विकेट हात पारे ।

त्यसअगाडि भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । रोहित शर्माले फेरि कप्तानी इनिङ्स खेल्दै ५७ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ४७ रनको योगदान दिए ।

फाइनल खेल नेपाली समयअनुसार शनिबार बेलुका सवा ८ बजे सुरु हुनेछ ।

प्रकाशित : असार १४, २०८१ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×