कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोपा अमेरिका : अर्जेन्टिनासँगै क्यानडा अन्तिम आठमा

काठमाडौँ — अर्जेन्टिनासँगै क्यानाडाले आइतबार कोपा अमेरिकाको अन्तिम आठको यात्रा तय गरेको छ । समूह 'ए' को अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० ले हरायो भने क्यानडा र चिलीले गोलरहित बराबरी खेले ।

कोपा अमेरिका : अर्जेन्टिनासँगै क्यानडा अन्तिम आठमा

विश्वकप विजेता अर्जेन्टिनाले यससँगै लिग चरणका तीनै खेल जितेको छ र उसको अधिकतम नौ अंक भएको छ ।

लियोनल मेसीको टिमले यसअघि नै अर्को चरणको यात्रा निश्चित गरिसकेको थियो । क्यानडा भने चार अंकमा दोस्रो स्थानमा रहन सफल रह्यो । त्यस पछाडि चिलीको दुई र पेरुको एक अंक भयो । अर्जेन्टिनाले हात पारेको जितमा भने दुवै गोल लउटारो मार्टिनेजले गरे ।

उनले ४७ औं मिनेटमा पहिलो गोल गरे भने त्यसपछि ८६ औं मिनेटमा दोस्रो गोल थपे । त्यसबीचमा लियोनार्डो पारेडेस भने अर्जेन्टिनाका लागि पेनाल्टीबाट गोल गर्न चुके । मार्टिनेजले भने तीन खेलमा गरेको गोल संख्या चार पुगेको छ ।

प्रकाशित : असार १६, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×