कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

युरो २०२४ : बेल्जियमको आत्मघाती गोलमा फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौँ — खेलको अन्त्यतिर यान भेरटोगेनले गरेको आत्मघाती गोलमा फ्रान्सले युरो २०२४ मा सोमबार बेल्जियमलाई १–० ले हराएको छ । यस जितसँगै फ्रान्स क्वार्टरफाइनल पनि पुगेको छ । फ्रान्सले अब क्वार्टरफाइनलमा पोर्चुगलको सामना गर्नेछ ।

युरो २०२४ : बेल्जियमको आत्मघाती गोलमा फ्रान्स क्वार्टरफाइनलमा

स्तर र रोमाञ्चकताविहीन खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला ८५ औं मिनेटमा रान्डल कोलो मुनिको प्रहार भेरटोगेनबाट डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । डिडिएर डेसच्याम्पको फ्रान्स फेरि एकपल्ट गोलका लागि संघर्षरत रह्यो ।

यसपल्टको युरोमा उपाधिको दाबेदार रहेको फ्रान्सले ओपन–प्लेबाट गोल गर्न सकेको छैन । हारले बेल्जियमको स्वर्णिम पुस्ता फेरि एकपल्ट असफल भएको छ र उनीहरू टिमका रूपमा समाप्त हुने मोडमा पुगेका छन् ।

प्रकाशित : असार १८, २०८१ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×