कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३६

काभा यू–२० महिला भलिबल टोली घोषणा

काठमाडौँ — नेपाल भलिबल संघले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने १२ सदस्यीय टोली घोषणा गरेको छ ।

काभा यू–२० महिला भलिबल टोली घोषणा

टोलीमा वाग्मती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट १–१ खेलाडी छनोट भएका छन् ।

वाग्मतीबाट जेनिशा बिक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ छन् । लुम्बिनीका निशा चौधरी, अनुशा चौधरी, मीना सुनार र आरती चौधरी तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री छानिएका छन् ।

मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर छन् । प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ देखि साउन ९ सम्म चल्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए ।


प्रकाशित : असार १९, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×