कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

आर्मी च्याम्पियन, भूपेन्द्र र रमिशा उत्कृष्ट बक्सर

काठमाडौँ — त्रिभुवन आर्मी क्लब शुक्रबार चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन भएको छ । आर्मीले १५ स्वर्ण, ४ रजत र १ कांस्य पदक जितेको थियो ।

आर्मी च्याम्पियन, भूपेन्द्र र रमिशा उत्कृष्ट बक्सर

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एपीएफ ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको नेपाल पुलिस क्लबले २ स्वर्ण, २ रजत र १ कांस्यसहित तेस्रो स्थान हात पारेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा पुलिसकी भूपेन्द्र थापा र महिलामा आरडीएसकी रमिशा श्रेष्ठ उत्कृष्ट बक्सर घोषित भएका थिए । भूपेन्द्रले मोटरसाइकल रु रमिशाले स्कुटर पुरस्कार पाए ।

विजेतालाई अर्थ मन्त्री वर्षमान पुन, पूर्वमन्त्री विना थापामगर, पूर्वमन्त्री दलजीत सिर्पाली, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगितामा तीन विभागीय टोलीसहित जिल्ला, क्लबका गरी ३१ टिमका १ सय ७५ खेलाडीको भाग लिएको महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।

पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रकाशित : असार २१, २०८१ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×