२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१
भारतीय लोकसभा चुनाव

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

जेष्ठ २७, २०८१

भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।...

शशि थरुर चौथोपल्ट भारतीय लोकसभा सदस्यमा निर्वाचित

भारतीय राष्ट्रिय कांग्रेसका नेता शशि थरुर चौथोपल्ट लोकसभा चुनावमा निर्वाचित भएका छन् । केरलको तिरुवनन्तपुरम क्षेत्रबाट केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उम्मेदवार राजीव चन्द्रशेखरलाई हराउँदै लोकसभा सांसदमा निर्वाचित भएका हुन् ।

कंगना रनौत हिमाचलको मण्डीबाट लोकसभा सदस्य निर्वाचित

बलिउड कलाकार  कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् । 

वाराणसीबाट नरेन्द्र मोदीको 'ह्याट्रिक'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट 'ह्याट्रिक' जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् । 

भारतीय लोकसभा चुनाव : अयोध्यामा भाजपाको हार स्वीकार

भारतीय लोकसभा चुनावामा महत्त्वपूर्णमध्ये एक मानिएको उत्तर प्रदेशको फैजाबाद(अयोध्या) सिटमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले हार स्वीकार गरेको छ ।

राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रबाट जित्दै

भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयउन्मुख रहेका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि रहेका छन् ।

भारतीय लोकसभा चुनाव : 'एग्जिट पोल' को प्रक्षेपण मिलेन, एनडीएलाई 'इन्डिया' गठबन्धनको टक्कर

भारतमा विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धनले लोकसभा चुनावमा राम्रो नतिजा ल्याउने संकेत आएको छ । अपराह्नसम्म आएको मतगणना परिणामको जानकारीअनुसार ५ सय ४३ सिटमा विपक्षी ‘इन्डिया’ गठबन्धनमा आबद्ध दलहरू २३३ सिटमा अगाडि छन् । त्यसबाहेक सिटको तालमेल नगरे पनि पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल काग्रेस ३१ सिटमा अगाडि छ ।  

पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कंग्रेसको प्रदर्शन सुध्रियो

भारतीय लोकसभा चुनावको मतगणना जारी रहेको छ । अहिलेसम्मको अपडेटअनुसार सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार एनडीए गठबन्धन २९५ सिटमा अगाडि रहेको छ । त्यस्तै कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२९ सिटमा अगाडि रहेको छ । 

गान्धी परिवारको गढ मानिने अमेठीमा केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि

गान्धी परिवारको गढ मानिएको उत्तर प्रदेशको अमेठी लोकसभा क्षेत्रमा केन्द्रीय मन्त्री स्मृति इरानी पछाडि रहेकी छिन् । सुरुवाती मतगणनामा भाजपा उम्मेदवार इरानीभन्दा भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार किशोरीलाल शर्मा ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका छन् । भारत निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार किशोरी लालले १ लाख ९ हजार ४ सय ९२ मत प्राप्त गर्दा इरानीले ७७ हजार ४ सय ८६ मत ल्याएकी छिन्। 

भारतीय लोकसभा चुनाव : उत्तर प्रदेशमा भाजपाको सिट घट्दै, समग्रमा एनडीए गठबन्धन अगाडि

भारतीय लोकसभा चुनावमा सत्तारुढ पार्टी भारतीय जनता पार्टी(भाजपा) ले अग्रता बनाए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरेअनुसार भने नतिजा आएको छ । सुरुवाती मतगणनामा भाजपाले १ सिटमा जित हात पारेको छ भने २३७ सिटमा अग्रता बनाएको छ ।

लोकसभा निर्वाचन : प्रारम्भिक नतिजामा एनडीए २६० र इन्डिया १७८ सिटमा अगाडि 

लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएसँगै प्रारम्भिक नतिजा आउन थालेको छ । गणना प्रारम्भ भएको एक घण्टाको अवधिमा सुरूवाती नतिजामा भाजपा नेतृत्वको एनडीए अगाडि छ । 

भारतमा लोकसभा चुनावको मतगणना सुरु

भारतमा सम्पन्न भएको १८ औं लोकसभा चुनावको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म डेढ महिना लगाएर लोकसभाको ५ सय ४३ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।