२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी

काठमाडौँ — भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयी भएका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी विजयी भएका हुन् ।

राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी

गान्धी रायबरेलीबाट झन्डै ४ लाखको मतान्तरले विजयी भएका हुन् । त्यस्तै वायनाडमा उनले भारतीय भारतीय कम्युनिस्ट पार्टीकी एनी राजा ३ लाख ६४ हजार मतान्तरले हराएका छन् । गान्धीले केही बेरअघि पत्रकार सम्मेलन गर्दै उत्तर प्रदेशले भाजपाले पाठ सिकाएको बताएका छन् । यसअघि सन् २०१९ मा ६२ सिट जितेको उत्तर प्रदेशमा यसपल्ट भाजपाले ३३ सिट हाराहारी जित्ने देखिएको छ ।

गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए भने उत्तर प्रदेशको अमेठीमा भने भाजपाकी स्मृति इरानीसँग पराजित भएकी थिइन् । यसपल्ट इरानी अमेठीमा कांग्रेस नेता किशोरीलाल शर्मासँग पछाडि परेकी छिन् ।

उत्तर प्रदेशको अमेठीबाट कांग्रेस नेता राहुल गान्धी ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धन बहुमतभन्दा अगाडि देखिएको छ । एनडीए गठबन्धन २९३ स्थानमा अगाडि रहँदा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन भने २३३ स्थानमा रहेको छ ।

प्रकाशित : जेष्ठ २२, २०८१ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x