कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउँछौं : सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षबाट सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छन् ।

सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउँछौं : सञ्चारमन्त्री शर्मा

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सञ्चार मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त धारणा राखेकी हुन् ।

मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको पनि जानकारी गराइन् । उनले त्यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पुर्‍याएको बताइन् ।

‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँदै लगिनेछ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेट फर्मप्रति सरकारको आग्रह पूर्वाग्रह नभएको कुरा निवेदन गर्न चाहन्छु,' मन्त्री शर्माले भनिन्, 'सामाजिक सञ्जाल युट्यूबको व्यवस्थित अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको छ । आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्‍याउने काम भइरहेको छ ।'

मन्त्री शर्माले अहिले नेपालमा दुई वटा मोबाइल सेवा प्रदायक र १ सय १५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको जानकारी दिइन् । 'देशभर गुणस्तरीय सेवा पुर्‍याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको छ । उच्च गतिको इन्टरनेट विस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा विस्तार भएको एफटीटीएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा विस्तार गर्दै लगिनेछ,' उनले भनिन् ।

प्रकाशित : असार ६, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×