कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

सरकार ११७ विधेयक अगाडि बढाउने तयारीमा छ : मन्त्री गिरी

काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसद्‌बाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् । 

सरकार ११७ विधेयक अगाडि बढाउने तयारीमा छ : मन्त्री गिरी

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री गिरीले सरकारले संघीय संसद्‌मा पेश गर्ने कानूनहरुको प्राथमिकीकरण गरेको बताए । उनले सरकारले ६३ वटा विधेयकहरुलाई पहिलो प्राथमिकतामा, ३९ वटा विधेयकहरुलाई दोस्रो प्राथमिकतामा र १५ वटा विधेयकहरुलाई तेस्रो प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनले मन्त्रालयले नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा संघीय संसदमा दर्ता गर्न लागेको पनि बताए । मन्त्री गिरीले संविधानको प्रावधानभित्र रहेर न्यायाधीशहरु नियुक्त गरिएको भन्दै न्यायाधीश नियुक्तिमा आशंका नगर्न आग्रह गरे ।

उनले भने, ‘अहिले मन्त्रालयले संघीय संसद्‌मा पेश गर्ने विधेयकहरुको प्राथमिकीकरण गरेका छौँ । बनाउनुपर्ने कानूनहरुको कुन–कुन कुराहरुलाई पहिलो प्राथमिकतामा राख्ने ? कुन कानूनलाई दोस्रो प्राथमिकतामा राख्ने ? कुन–कुनलाई तेस्रोमा राख्ने ? भनेर त्यसलाई प्राथमिकीकरण गर्ने काम पनि कानुन मन्त्रालयको तर्फबाट भइसकेको छ । त्यसमा ६३ वटा विधेयकलाई पहिलो प्राथमिकतामा राखेका छौँ । ३९ वटा विधेयकहरु दोस्रो प्राथमिकतामा परेका छन् । र तेस्रोमा १५ वटा विधेयकहरु परेका छन् । यसो गर्दा ११७ वटा विधेयकहरुलाई अब अगाडि बढाउने गरी आवश्यक कामहरु अगाडि बढिराखेको छ ।'

मन्त्री गिरीले न्यायाधीश नियुक्तिका विषयमा भने संविधानको व्यवस्थामै पुन:विचार गर्नुपर्ने बताए । 'अहिले हामी जुन प्रक्रियाबाट न्यायाधीशहरु नियुक्ति गर्छौ, यो भन्दा फरक ढंगले गर्नका लागि हामीले संविधानमै पुन:विचार गर्नुपर्ने विषय हो । अहिले हामीसँग संविधानमा जे प्रावधान छ, जे व्यवस्था छ, त्यहीभित्र रहेर न्यायाधीश नियुक्त गर्ने प्रक्रियालाई अगाडि बढाएको हुनाले धेरै प्रश्न र आशंकाहरु राख्नुपर्छ भन्ने ठानिरहेको छैन,' उनले भने ।

मन्त्री गिरीले न्याय सम्पादनलाई छिटो, छरितो र पारदर्शी बनाउन अदालतमा केही सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित : असार ६, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×