कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

पर्खाल भत्केर च्याप्दा महिलाको मृत्यु 

नेपालगन्ज — बाँकेमा बुधबार राति आएको ठूलो हावाहुरीका कारण भत्किएको पर्खालले च्याप्दा एक महिलाको मृत्यु भएको छ । 

कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित राम्रो पेपर इन्टरप्राइजेज उद्योगको पर्खाल भत्किँदा च्यापिएर गढीमाई उपमहानगरपालिका ८, जितपुर तेरागाउँ बाराकी ४५ वर्षीया मीना खातुनको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले बताए ।

मृतक खातुन परिवारका सदस्यसहित उक्त उद्योगको पर्खालमै सटाएर बनाएको टेन्टमा बस्दै आएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ६, २०८१ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×