कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वीरगन्जमा इन्स्टिच्युटमा आगलागी, लाखौंको क्षति 

पर्सा — वीरगन्ज–८ स्थित लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने संकल्प लोकसेवा इन्स्टिच्युटमा बिहीवार बिहान आगलागी भएको छ । आगलागीबाट इन्स्टिच्युटमा झण्डै ७० लाख रुपैयाँ बराबरको धनमाल जलेको प्रशिक्षक प्रेमशंकर श्रेष्ठले बताए ।

वीरगन्जमा इन्स्टिच्युटमा आगलागी, लाखौंको क्षति 

जिल्ला प्रहरी कार्यालय नजिक रहेको उक्त इन्स्टिच्युटमा आगलागी हुँदा पनि प्रहरीले पत्तो पाएन । भित्रको दृश्य हेर्दा इन्स्टिच्युटमा अज्ञात व्यक्तिले नियोजित तरिकाले आगजनी गरेको आशंका रहेको उनले बताए । आगलागीबाट इन्स्टिच्युटमा रहेको जेनेरेटर, ईन्भर्टर, एलसिडी डिस्प्ले, डेक्स बेन्च, कम्प्युटर, किताब, नोटबुक लगायतका मल्टीमिडियाका माल सामान जलेर नष्ट भएका छन् ।

श्रेष्ठले आफूलगायत कर्मचारीहरु समेत बुधबार बेलुकी ६ बजे कक्षा चलाएर निस्केको र बिहीबार आउँदा सबै जलेको पाएको बताए । निजामति, शिक्षक सेवा, प्रहरी सेवा लगातको तयारी कक्षा संचालन गर्दै आएको इन्स्टिच्युटमा आगलागी भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको छ ।

प्रकाशित : असार ६, २०८१ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×