कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सुशनलाई चेस उपाधि

काठमाडौँ — झापाका युवा खेलाडी सुशन गौतमले नवीन्द्रराज जोशी स्मृति फिडे र्‍यापिड चेस प्रतियोगिताको उपाधि उचालेका छन् । उनले उपाधिसँगै २० हजार जिते ।

सुशनलाई चेस उपाधि

नौ चरणको खेलमा समान साढे ७ अंक भए पनि टाइब्रेकमा भक्तपुरका भेट्रान गणेशमान दुवाल दोस्रो र काठमाडौंका सीएम भगवतीप्रसाद शर्मा तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँ हात पारे ।

काठमाडौं महानगरपालिका वडा २४ द्वारा कामनपाका संस्थापक उपमेयर स्व. नवीन्द्रराजको स्मृतिमा आयोजित प्रतियोगितामा तनहुँका सुजन काफले चौथो, भक्तपुरका राजेश कक्षपति पाँचौं, मखन चेस क्लबका राजन पुरी छैटौं, लमजुङ्गका अनिश न्यौपाने सातौं, बाँकेका अभिक शाह आठौं, काभ्रेका शैलेन्द्र न्यौपाने नवौं र गोरखाका कपिल गुरुङ दसौं भए । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र ४ हजार पुरस्कार पाए ।

प्रतियोगितामा ८० वर्षका भेट्रान सीताराम अग्रवाल साढे ६ अंकका साथ काठमाडौं उत्कृष्ट भए । उनले ३ हजार हात पारे । मखन चेस क्लबका नरेश स्थापित काठमाडौं दोस्रा भए । महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट भइन् ।

ऐतिहासिक इटुम् बहालमा सञ्चालित प्रतियोगिता टोखाका आशानारायण लवट भेट्रानतर्फ विजेता भए । सिन्धुलीका हेम भण्डारी १८०० मुनि रेटिङ र बझाङका खगेन्द्र केसी १६०० मुनि रेटिङ समूहमा उत्कृष्ट ठहरिए । उनीहरूले जनही २ हजार पाए ।

नेपालका पहिलो अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु प्रमुख निर्णायक रहेको प्रतियोगितामा सिन्धुपाल्चोकका सम्यक श्रेष्ठ १६ वर्ष, काठमाडौका आध्यान्त काफ्ले १४ वर्ष र कपिलवस्तुका अंकुर पोखरेल १२ वर्षमुनि उमेर समूहमा उत्कृष्ट भए ।

विजेता खेलाडीलाई कामनपा वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित : असार ६, २०८१ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×