कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

तेस्रो एनओसी अवार्ड आइतबार

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डे को अवसरमा एनओसी अवार्डको तेस्रो संस्करण असार ९ गते आइतबार गर्ने भएको छ ।

तेस्रो एनओसी अवार्ड आइतबार

विश्वभर ओलम्पिक डे यही जुन २३ मा मनाइन्छ । त्यसै दिन अवार्ड कार्यक्रम हुनेछ । छायाँ सेन्टरस्थित अलोफ्ट होटलमा हुने तेस्रो संस्करणको एनओसी अवार्डमा ११ विधामा अवार्ड प्रदान गरिने अवार्ड कमिटीका अध्यक्ष गोपालसुन्दर कक्षपतिले जानकारी गराएका छन् ।

एनओसी अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पारा खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक र उत्कृष्ट खेल संघलाई प्रदान गरिनेछ । सञ्चारमाध्यमतर्फ छापा, अनलाइन, फोटो र भिडियो गरी चार विधामा अवार्ड प्रदान गरिनेछ । साथै एक खेलकर्मीलाई एनओसी प्रेसिडेन्टल अवार्ड प्रदान गरिने कक्षपतिले बताए । हरेक विधामा अवार्ड प्राप्त गर्नेलाई ५० हजार प्रदान गरिने जनाइएको छ ।

एनओसीमा आबद्ध २७ मध्ये २५ खेल संघले एनओसी अवार्डका लागि आवेदन दिएको र त्यसबाट जुरी कमिटीले विजेता छान्नेछ । कमिटीका उपाध्यक्ष ज्योति राणाको संयोजकत्वमा विभिन्न क्षेत्रका व्यक्तिव रहेको ८ सदस्यीय जुरी कमिटी बनाइएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भनेर सन् २०२२ मा एनओसी अवार्ड सुरु गरिएको जानकारी गराए । उनले राष्ट्रिय अर्थतन्त्र र पर्यटन प्रवद्र्धनमा पनि स्पोर्ट्सको भूमिका रहने भएकाले एनओसीले पनि त्यसका लागि बुद्धस्थल लुम्बिनीलाई पिस डेस्टिनेसनस्थलको रुपमा प्रचार गरिरहेको बताए ।

जुन २३ आधुनिक ओलम्पिक सुरुआत भएको दिन हो । त्यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले विगतमा ‘ओलम्पिक डे रन’ को मनाउने गरेको थियो । पछिल्लो समय ओलम्पिक डे कै रुपमा मनाइ“दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

एनओसीको स्पोर्ट्स फर अल कमिसनको आह्वानमा ओलम्पिक डे को अवसरमा एक महिनाअघिदेखि खेलकुदका विभिन्न कार्यक्रम गरिरहेको छ । ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले तेस्रो एनओसी अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्न तयारी भइरहेको बताए ।

प्रकाशित : असार ६, २०८१ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×